खुल्लापाटीको खुल्ला बहस : शनिबार मनोविश्लेषक बासु आचार्यसँग छलफल हुने

काठमाडौँ । खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला बहस श्रृङखला अन्तर्गत शनिबार ख्यातिप्राप्त मनोविश्लेषक बासु आचार्यसँग छलफल हुने भएको छ । आचार्यसँग दिउँसो १ बजेखि छलफल हुनेछ ।

विद्यालय जान नपाएर बसेका बालबालिका अनि कोरोना कहरका कारण ठूलो मानसिक त्रासमा रहेका अभिभावकलाई लक्षित गरी आचार्यले विशेष टिप्सहरु कार्यक्रममार्फत दिनुहुने भएको छ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । श्रृङखला दिउँसो एक बजेबाट खुल्लापाटीको पेजमार्फत लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस्

https://www.facebook.com/Khullapati-1529576157367337/