“काठमान्डौ”

मान्छे नै मान्छेको थुप्रो हो काठमान्डौ
गरिब यहि छन/ धनी यहि छन
खान पाउने र नपाउने पनि यहि छन
यहि छन आङ डाक्न नसक्नेहरु
यहि छन आङ छोप्न नजान्नेहरु

कोहि खाएर पचाउन सक्दैनन
कोहि पेटभरी अघाउन सक्दैनन
पैसामा सुत्नेहरु यहि छन
सुत्नलाई पैसा नहुनेहरु यहि छन
यहि छ कसैको महल
यहि कोहि लम्पसार छन सडक किनारमा

किड्नी बेचेर पेट भर्ने यहि छन
पेट भर्नकै लागि शरिर बेच्ने यहि छन
श्रम गर्नेहरु यहि – पासिना चुहादै छन
मोज गर्नेहरु यहि- नाङ्गो नाच देखाउदैछन ।

सरकार चलाउनेहरु यहि छन
परिवार चलाउन नसक्नेहरु यहि छन
चारैतिर पहाडै पहाडले घेरिएको उपत्यकामा
घरैघरको मैदान बनेको छ
जसलाई शहर भनिएको छ

तर यहि शहर भित्र
अनेकन प्रहरका कथाहरु छन
अनेकन कहरका ब्यथाहरु छन
अनेकन रहरका फेहेरिस्तहरु छन

दिउसोमा हर ढाक्नकै लागि
रातमा नाङ्गिनु पर्ने नर्तकी जस्तो
सुकिलो मुकिलो देखिनकै लागि
नालीमा डुब्नुपर्ने बाध्यता उस्तै
कठै !
कति संमबेदनाहिन यो छ शहर
कति नाटकिय छन मान्छे

बेबारिसे लासहरुको चाङ यहि छ
आफन्त बिहिन बिरामीको छटपटाहट यहि छ
यहि छन अलपत्र आमाहरु
यहि छन लाचार बाबुहरु
यहि छन दयावान/ दयाहिन सन्तानहरु

शहरले सबैलाई चुसेर
उखुको छोक्राजस्तो बनाईसक्यो
रहरले सबैलाई डसेर
केवल बोक्रा बनाईसक्यो
र- पनि हार्दैन मान्छे
यो काठमान्डौमा

सपनाहरु सार्वजनिक सवारीमा
दुरदराजदेखी ओईरिन्छन
शहरको रहर
भबिष्यको अवसर
जुध्छन/ लड्छन अनि भिड्छन
आफ्नै ईच्छाहरुसङ्ग/ आवस्यकताहरुसङ्ग

मान्छे भएर जन्मिएता पनि
आफूलाई मान्छे प्रमाणित गर्न
धेरै कसरत गर्दछन मान्छेहरु
यो काठमान्डौमा

तर यो काठमान्डौ
आउनेलाई स्वागत
जानेलाई बिदाई
जित्नेलाई बधाई
हार्नेलाई खुच्चिङ/ खुच्चिङ भन्दै
लम्पसार परिरहन्छ
किनकी यो शहर हो
शहरसङ्ग कुनै संमवेदना हुदैन ।

#अनुज_खड्का