बोनम्यारो पिडित ४ बर्षिय रनिकलाई बचाउन अस्पताल बेडबाट आर्थिक सहयोगको अपिल सके सहयोग गरौ नसके एक शेयर

काठमाडौ , सुगम सुनिता राइ / हरेक मानिस आफ्नो परिवार प्रती निकै चनाखो बन्ने गर्छन् कतिपय बाबू आमालाई आफ्नो सन्तानको ख्याल गर्दा गर्दै पनि मरितुल्य बन्न परेको हुन्छ । गरिबिकै कारण कसैले उपचार पाईरहेका छैनन् । हो आज यहि भएको छ थालासिमिया पीडित रोगबाट अर्घाखाँची पाणिनि गाउपालिका-१ का ४ बर्षिय रनिक परियारको आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले सुझाब दिएका छन् । बोनम्यारो प्रत्यारोपणका लागि १७ लाख लाग्ने बताए पछि रनिकका बुबा रामबहादुर परियारले अस्पताल बेड बाटै छोरा बचाईदिन आर्थिक सहयोगको अपिल गरेका हुन् । हाल काठमाडौको शिबिल अस्पतालमा उपचार भईरहेको रनिकलाई हरेक १५ देखि २० दिनमा रगत चढाईरहनु पर्छ । बिगत ११ महिना देखि उपचाररत रनिकलाई आज सम्म ५४ पटक रगत चढाईसकिएको पारिवारिक स्रोतले जनाएको छ । रनिकको उपचारमा हाल सम्म ३ लाख रुपैयाँ जुटिसकेको र थप १४ लाख आवाश्यक परेको उनले बताए । रामबहादुरले सहयोगको लागि बैंक अफ काठमाडौमा रामबहादुर परियारको नाममा रहेको खाता नम्बर ०३४४०००००५००५२४ सहयोग गर्न वा रामबहादुरको फोन नम्बर ९८४९७४५६५० मा सिधा सम्पर्क गरि सहयोग गर्न आग्रह समेत गरेका छन् ।