११ औँ लोयल्टी कप सुरु, ज्ञानोदय र त्रिज्योति क्वाटरफाइनल प्रवेश

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीको आयोजनामा सुरु भएको ११ औँ अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभयो । प्रतियोगितामा उपत्यकाका १२ विद्यालय सहभागी छन ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ज्ञानोदय र त्रिज्योतिले विजयी सुरुवात गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन । आयोजक लोयल्टीले भने खराब सुरुवात गरी प्रतियोगिताबाट बाहिरिएको छ । लिग कम नकआउट अन्तर्गत भएको खेलमा ज्ञानोदयले आयोजक लोयल्टीलाई २–१ले हरायो । त्रिज्योति र ज्ञानोदयले बराबरी खेले भने त्रिज्योतिले लोयल्टीलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

त्यस्तै समुह सि अन्तर्गतको खेलमा लिटिल एन्जेल्सले काठमाडौँ भ्यालीलाई ११–० र रिलायन्स स्कुललाई ७–० को विशाल गोल अन्तरले पराजित गर्यो । काठमाडौँ भ्यालीले रिलायन्सलाई ४–२ गोल अन्तरले पराजित गर्यो । समुह बी र समुह डी का खेलहरु मंगलबार हुने लोयल्टीका प्राचार्य वीरेन्द्र कुरुम्बाङले खुल्लापाटीलाई जानकारी दिनुभयो ।