थप १४ जनाको मृत्यु, ५७० जनामा संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

हाल आइसोलेसनमा ४० हजार ६ सय ८१ र क्वारेन्टिनमा २ हजार ९ सय ३२ जना रहेका छन् ।