काठमाडौँ उपत्यकामा थपिए ६१८ जना संक्रमित

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन ।

नेपालमा आज १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।