बालेनले तिराए निजी विद्यालयलाई १ लाख जरिवाना, १३ हजार बढी विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित

काठमाडौँ– काठमाडौँ महानगरपालिका भित्र रहेका ५०४ विद्यालयमध्ये ४६५ निजी विद्यालयले छात्रवृत्तिको विवरण पेश गरेका छन् । महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरेका हुन् । काठमाडौ महानगर प्रमुख बालेन्द्र शाहका अनुसार महानगरको इतिहासमैँ पहिलोपटक यति धेरै विद्यार्थीहरुले छात्रवृत्ति पाएका हुन भने विद्यालयहरुले पनि पहिलो पटक छात्रवृत्तिको विवरण पेश गरेका हुन ।

महानगरले हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । उनीहरूलाई उक्त जरिवानापछि थप एक पटक विवरण बुझाउने मौका दिइएको मेयर बालेन शाहले जानकारी दिएका छन । यसरी जरिवानापछि पनि छात्रवृत्तिको विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरले चेतावनी दिएको छ ।

महानगरले विद्यालयहरुले छात्रवृत्तिका लागि पेश गरिएको विवरणमाथि आवश्यक निरीक्षण तथा अनुगमन गरेर सूची प्रकाशित गर्ने जनाएको छ ।