काठमाडौँ उपत्यकामा थपिए ४०८ संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै देशभर आज १०४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।