काठमाडौँ – नेपालमा आज थप ८९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३९ हजार ४६० पुगेको छ । पछिल्लो २४ घन्टामा ५८८ जना डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।
काठमाडौँमा थपिए २९८ जना
यसैबीच, काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना नयाँ संक्रमित थपिएका हुन् ।