थप ११६ जनामा कोरोना संक्रमण, संक्रमित १७ हजार १७७ पुगे

काठमाडौँ – आज ११६ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार बुधबार थप ११६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९७ जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ जना पुगेको छ ।