सलहका दुई झुण्ड नेपाल पसे

काठमाडौँ – सलहका दुई वटा झुन्ड आइतबार नेपाल प्रवेश गरेका छन् । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान र दिउँसो गरेर दुई वटा झुन्ड नेपाल प्रवेश गरेको जानकारी दिनुभयो ।

एक/दुई लाखको संख्यामा झुण्ड रहेको उहाँको भनाइ छ । यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपालको दाङमा प्रवेश गरेको केन्द्रले जनाएको छ । केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड भने नेपाल प्रवेश गरेको छैन ।

यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।