ई-स्पटको अगुवाइमा नोयडा युनिभर्सिटीको क्षेत्रीय कार्यालय स्थापना

काठमाडौँ –ई–स्पट इन्टरनेसनल एजुकेसन ग्रुपले भारतको उत्तर प्रदेशमा अवस्थित नोएडा इन्टरनेसनल युनिभर्सिटीसँग समन्वय गरी उक्त विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा स्थापना गरेको छ। काठमाण्डौं स्थित मल्ल होटलमा एउटा औपचारिक कार्यक्रमबीच कार्यालयको उदघाटन गरियो । नोएडा इन्टरनेसनल युनिभर्सिटीका तर्फ बाट प्रोफेसर डाक्टर उमा भारद्वाज साथै इ–स्पट ग्रुपका राकेश कुमार वैद्यले क्षेत्रीय कार्यलयको औपचारिक स्थापनार्थ कार्यालय प्राङ्गणममा उपस्थित भई पानसमा बत्ती बाली र रिबन काटी एशोसिएसनको सुरुवातको घोषणा गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पोखरा विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर प्रेम नारायण अर्याल, नोएडा इन्टरनेसनल युनिभर्सिटीकी भाइस चान्सलर प्रोफेसर डाक्टर उमा भारद्वाज, नोएडा इन्टरनेसनल युनिभर्सिटीका डाइरेक्टर आकाश शर्मा, नोएडाकै अन्तर्राष्ट्रिय सम्बन्ध तथा एडमिसन डाइरेक्टर अलकानन्दा मिश्र, तथा ई–स्पट इन्टरनेसनल एजुकेसन ग्रुपका म्यानेजिङ डाइरेक्टर राकेश कुमार वैद्य लगायत उपस्थित हुनुहुन्थ्यो । नोएडाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा एडमिसन डाइरेक्टर अलकानन्दा मिश्रले कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नु भएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुले शुभकामना दिदै सफलताको कामना गर्नु भएको थियो।

नोएडाका तर्फ बाट उमा भारद्वाजले प्रोफेसर प्रेम नारायण अर्याललाई टोकन अफ एप्रिसिएसन् प्रदान गर्दै धन्यबाद ज्ञापन गर्नु भयो भने नोएडाका डाइरेक्टर आकाश शर्माले इ- स्पटका राकेश वैद्यलाई टोकन अफ एप्रिसिएसन प्रदान गर्नु भएको थियो।