प्याब्सनले भन्यो : एसइई नलिऔँ, आन्तरिक मुल्याङकनकै आधारमा ग्रेडसिट र प्रमाणपत्र दिऊँ

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले कक्षा १० को परीक्षा गर्न सम्भव नदेखिएको भन्दै विद्यालयहरुले गरेको आन्तरिक मूल्याङकनका आधारमा ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था लागु गर्न आग्रह गरेको छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले एक विज्ञप्ति जारी गरी विश्वका प्रख्यात विश्वविद्यालय तथा विद्यालयका परीक्षा बोर्डहरुले पनि आन्तरिक मुल्याङकनका आधारमा विद्याथीृ उत्तीर्ण गर्ने व्यवस्था गरेकाले यस्तो व्यवस्था लागु गर्न आग्रह गरेको हो ।

प्याब्सनले विज्ञप्तिमा नेपालमा एसइई परीक्ष लिन सम्भव नदेखिएकाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागु हुने गरी यस्तो व्यवस्था गर्न केन्द्रीय समितिले निर्णय गरेको जनाएको छ ।