बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित ८२ पुगे

काठमाडौँ । बाँकेको नेपालगञ्जमा आज थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिए ।

संक्रमण देखिनेहरुको उमेर २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला छन् । आज संक्रमित पाइएसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।