स्वास्थ्यमा बजेट : ८३ अर्ब ८९ करोड

काठमाडौँ –सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले उक्त जानकारी दिएका हुन्।

बजेटमा निशुल्क औषधि, स्वास्थ्य बीमा, अस्पतालहरुको क्षमता वृद्धि, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्। स्वास्थ्यमा चालु आर्थिक वर्षमा ६९ अर्ब बजेट बिनियोजन गरिएको छ। चालु आर्थिक वर्षको तुलनामा स्वास्थ्यमा १४ अर्ब रुपैयाँ बढी बजेट आएको छ।