नेक्ससका शिक्षक शिक्षिकालाई क्याम्ब्रिज स्कुलको तालिम

काठमाडौँ –क्याम्ब्रिज एनसिसी युके र ब्रिटिश काउन्सिल आइएसए प्राजेक्ट अन्तर्गत पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपलसहित शिक्षक शिक्षिकालाई आवासीय तालिम दिइएको छ ।

पनौतीस्थित डायमण्ड हिल रिसोर्टमा विद्यालयले तालिम दिएको हो । प्रोग्रेसिभ लर्निङका लागि विद्यालयका शिक्षक शिक्षिकालाई तालिम दिइएको विद्यालयले जनाएको छ । तालिम नेक्ससका मानव संशाधन विभाग प्रमुख एवं वेलनेश कोच एवं एनएलपी मास्टर कोच कमल कटवाल, ग्लोबल ट्रेनर एवं प्राइमरी कोअर्डिनेटर उर्मिला पौडेल तथा आइटी प्रमुख एवं कार्यकारी निर्देशक योगेश भट्टराईले सहभागी शिक्षक शिक्षिकालाई आइएसए प्रोजेक्ट, क्याम्ब्रिज इंग्लिस एसेसमेन्टबारे तालिम दिनुभएको थियो ।

सहभागी शिक्षक शिक्षिकाले तालिमले कक्षाकोठामा थप ऊर्जावान भई कक्षा सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । नेक्ससले समय समयमा शिक्षक शिक्षिकाको क्षमता अभिवृद्धिका लागि आवासीय तालिम दिने गरेको विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालले जानकारी दिनुभयो ।

‘तालिमले हाम्रा शिक्षक शिक्षिकामा कक्षाकोठा सञ्चालन, पाठ्यभार व्यवस्थापन, विद्यार्थीसँगको व्यवहार लगायतबारे जानकारी दिन्छ । हामीले हरेक वर्ष पटक पटक तालिम दिँदै टिचरहरुलाई निखार्दै लैजाने गरेका छौँ । यसपटक पनि यसैगरी आवासीय तालिम दिइएको हो ।’ कटुवालले स्पष्ट पार्नुभयो । तालिममा सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।