७३ जिल्लामा जोर बिजोर प्रणाली लागु

काठमाडौँ – सरकारले निजी सवारी साधनमा जोर बिजोर प्रणाली ७३ जिल्लामा लागु गरेको छ । अन्तिम अंकमा जोर गतेको दिन नम्बर प्लेटको अन्तिम अंक जोर भएकाले चलाउन पाउने र बिजोर गतेका दिन बिजोर नम्बर भएकाले चलाउन पाउँछन् ।

हालसम्म सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा भने जोरबिजोर लागु भएको छैन । यीबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ ।

उपत्यकामा अघिल्लो शुक्रबारबाट र सरकारी कार्यालयको हकमा असार १ गतदेखि यो नियम लगाइएको थियो ।