कोरोना महामारीमा पनि सक्रिय बनेको नेपाली फुटबल

अखिल नेपाल फुटबल संघ एन्फाको हालको कार्यसमितिको समय सकिन करिव एक महिनाको समय बाँकी छ । यो चार बर्षे कार्यकालमा एन्फाकोअध्यक्षमा पहिलो पटक निर्वाचित भएर आएका कर्माछिरिङ शेर्पाका लागि काम गरेर देखाउने अवसरहरु धेरै नै थिए । जसमा उनी निकै हदसम्म सफल भए ।

शेर्पाको नेतृत्वमा रहँदा एन्फाले फुटबल गतिविधिलाई मुख्य प्राथकितामा राखेर खेलाडीलाई सकेसम्म व्यस्त बनाउन सफल भए । चाहे घरेलु लिग होस या अन्तर्राष्ट्रिय प्रतियोगिता । शेर्पाले आफ्नो नेतृत्वमा प्रतियोगिता गराउनका लागि जतिपनि कसरत गरे, त्यसलाई एन्फामा रहेका अधिकांश ब्यक्तिले स्वीकारेका छन । शेर्पा एन्फाको नेतृत्वमा हुँदै विश्वमा ठूलो महामारीका रुपमा कोभिड देखियो । जसका कारण विश्वमा नै खेलकुद गतिविधि ठप्प नै भए ।

ओलम्पिक देखि युरोकप र अन्य प्रतियोगिताको मिती एकपछि अर्को गरेर सरेका थिए । कोभिडको असर नेपालमा पनि नराम्रोसँग परेको थियो । जसका कारण देशमा दुई पटकसम्म लकडाउन हुन पुग्यो । तरपछनि पहिलो चरणको कोभिडको लहर नेपालमा आउनु अगाडि एन्फाले घरेलु फुटबल प्रतियोगितामात्र होइन, अन्तराष्ट्रिय प्रतियोगिताको पनि योजना बनाएको थियो ।

पहिलो पटक कोभिडको लकडाउन हुन अगाडि एन्फाले बी डिभिजन लिगलाई सुरु गरेको थियो ।सफल रुपमा भइरहेको बी डिभिजन लिग सरकारले नै लकडाउन गरेपछि बिचमा नै रोकिन पुग्यो । तर पछि त्यसलाई सफल रुपमा सम्पन्न गरेको थियो ।

यस्तै सी डिभिजन लिग छनोटको तालिका पनि प्रभावित भएको थियो । यतिमात्र होइन, राष्ट्रिय टिमको तयारीपनि प्रभावित भएको थियो । तरपनि शेर्पाको नेतृत्वमा रहेको एन्फाले कोभिडका बिचमा नै विभिन्न फुटबल गतिविधि गरेर फुटबललाई चलायमान मात्र बनाएन अरु देशका लागि पनि उदाहरण बन्यो ।

नेपालमा चैत्रको अन्तिमबाट कोभिडको प्रभाव देखिएको थियो । विश्वलाई नै आतंकित पारेको कोभिडले नेपालमा पनि नराम्रोसँग प्रभाव पारेको थियो । नपाली राष्ट्रिय टिमलाई विश्वकप छनोटको तयारीका लागि एन्फाले बन्द प्रशिक्षणमा बोलाएको थियो । तर कोभिडका कारण बन्द प्रशिक्षण प्रभावित हुन पुगेको थियो । झण्डै एक बर्ष जस्तो फुटबल गतिविधी नहुँदा खेलाडीलाई मानसिक रुपमा ठूलो दबाब परेको थियो । तर जब कोभिडका कारण पहिलो चरणको लकडाउन समाप्त भयो, त्यसपछि एन्फाले आफ्ना खेलाडीलाई मानसिक रुपमा बलियो बनाउन विभिन्न योजना बनायो ।

लकडाउनका बेलापनि खेलाडीलाई ब्यक्तिगत रुपमा फिट रहन सुझाव दिएको एन्फाले लकडाउन खुलेपछि मनोबैज्ञानिक तालिम पनि दिएको थियो । जसका कारण लामो समय मैदानबाहिर रहेका खेलाडीलाई मानसिक रुपमा फिट बनाउन एन्फाले ठूलो सहयोग गरेको थियो ।  कोभिडकै बिचमा एकपछि अर्को प्रतियोगिताहरु करिब एक बर्ष फुटबल गतिविधि ठप्प हुँदा केहि हतोत्साहित भएका खेलाडीलाई फेरी मैदानमा फर्काउनका लागि शेर्पाको टिमले बंगलादेशसँग मैत्रीपुर्ण खेलका लागि योजना बनायो र प्रस्ताव पठायो ।

जसमा बंगलादेश पनि राजी भयो। स्मरण होस्, त्यो बेला नेपालमा कोभिडको प्रभाव कम भइसकेको थिएन भने अन्तराष्ट्रिय उडानहरु पनि पुर्ण रुपमा खेलेका थिएनन् । यतिमात्र होइन, बंगलादेशमा पनि कोभिडको प्रभाव निकै नै थियो । नेपालमा त्यो बेलापनि दैनिक सयौंको संख्यामा कोभिड संक्रमित देखिने गरेका थिए । तर शेर्पाको टिमले खेलाडीलाई बायो बबलमा राखेर प्रशिक्षण गराएर बंगलादेशसँग दुई वटा मैत्रीपुर्ण खेलका लागि पठाएको थियो । जसमा नेपालले एक खेल हारेको थियो भने एक खेल जितेको थियो ।

बंगलादेशसँगको मैत्रीपुर्ण खेलपछि एन्फाको स्वीकृतिमा नेपालमा पहिलो पटक फ्रेन्चाइजी फुटबल लिग गर्ने तालिका बन्यो । शेर्पा अध्यक्ष भएपछि बनेको यो योजना २०२१ को फेब्रुवरीमा आएर पूरा भएको थियो । नेपाल सुपर लिगको पहिलो संस्करण आयोजनाका लागि पनि शेर्पाले ठूलो भूमिका खेलेका थिए । शेर्पाकै प्रत्यक्ष निगरानीमा भएको सो प्रतियोगिताले नेपाली फुटबलमा नयाँ कोशेढुंगा खडा गरेको थियो । तर बिडम्बना त्यहि बेला कोभिडको दोस्रो लहर सुरु भयो र फेरी लकडाउन भएको थियो ।

लकडाउन हुँदापनि फुटबल गतिविधि जारी रहेको भन्दै निकै आलोचना नभएको होइन, ती आलोचनालाई सामना गर्दै र सरकारबाट नै विशेष स्वीकृति लिएर एनएसएल सफल रुपमा सम्पन्न भयो । प्रतियोगितालाई निरन्तरता दिनका लागि शेर्पा आफैलेपनि बिभिन्न निकायमा धाएका थिए । पहिलो संस्करणका सुपर लिग सम्पन्न भएपछि नेपाली फुटबलमा केहि नयाँ अनुहार देखिए र जसले अहिलेसम्म राष्ट्रिय टिमबाट उत्कृष्ट खेलिरहेका छन । कोभिड पुर्ण रुपमा साम्न नभइसकेको अवस्थामा शेर्पा नेतृत्वले नेपालमा तीन देशलाई बोलाएर थ्री नेशन्स कपको आयोजना पनि सफल रुपमा गरेको थियो ।

हुन त, यो प्रतियोगिता भन्दा अगाडी अरु मैत्रीपुर्ण खेलका लागि पनि प्रस्ताव हुँदा कोभिड नै बाधक बनेको थियो । तर भनिन्छ नी जहाँ इच्छा, त्यहाँ उपाए भनेर । एकतिर कोभिडको असर कायमै थियो भने अरु खेल गतिविधि सुरु हुने सुरसार थिएन । राष्ट्रिय खेललकुद परिषद्मा रहेका दुई सय १० भन्द बढि संघहरु कोभिडका बहानामा सुतिरहेका बेला एन्फा त्यसमा पनि शेर्पाको दिमाग भने कसरी खेलाडीलाई ब्यस्त बनाउने भन्ने ध्यानमा थियो । यस्तैमा थ्री नेशन्सको योजना बन्यो र नेपाल, बंगलादेश र किर्गिस्तानका यू २३ टिमबिच दशरथ रंगशालामा प्रतियोगिता भयो । यो प्रतियोगिता आयोजनाका लागि पनि शेर्पाको मुख्य टिमले मन्त्रालय देखि सीसीएमसीसम्म धाए ।

त्यो बेला सबैको चासो कोभिडको बिचमा किन प्रतियोगिता गर्नुपरेको भन्नेपनि थियो । तर खेलाडीलाई कसरी हुन्छ, फिट र ब्यस्त राख्नुपर्छ भन्ने लक्ष्यका साथ शेर्पा नेतृत्वले सरकारबाट दर्शकसहितको अनुमति लिएर थ्री नेशन्स कपको आयोजना गर्यो । लामो समयपछि घरेलु मैदानमा राष्ट्रिय टिम खेलेको हेर्न पाउँदा दर्शकमा त्यतिकै उत्साह थियो भने खेलाडी पनि निकै आतुर थिए । प्रधानमन्त्री केपी शर्मा ओली आफै आएर हेरेको सो प्रतियोगिताको उपाधि नेपालले जित्नपनि सफल भयो ।

सोहि प्रतियोगिता जितेका कारण खेलाडीले पनि सरकारबाट जनही चार चार रुपैयाँपनि पाए । जुन खेलाडीका लागि पनि ठूलो राहत भएको थियो । थ्री नेसन्स प्रतियोगितापनि नेपाली टिमलाई कुवेतमा हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटका लागि तयारीका जुटेको थियो । तर कोभिडका कारण विभिन्न देशको आफ्नै नियम थियो, कतिपय देशमा अन्तराष्ट्रिय उडान खुल्ला गरिएको थिएन । नेपाली टिम कुवते जान अगाडी इराकमा मैत्रीपुर्ण खेल्न जानुपर्ने थियो । तर ठूलो चुनौती टिमलाई कसरी पठाउने भन्ने थियो ।

नेपालमा पनि त्यो बेला नियमित उडान खुल्ला भइसकेका थिएनन् । शेर्पाको टिमलाई खेलाडी पठाउनका लागि बिमान नै चार्टड गर्नुपर्ने बाध्यता थियो । त्यो बेला निकै ठूलो संघर्ष गरेर शेर्पाले फुटबल टिमलाई सोचेको भन्दा सस्तो रकममा बिमान चार्टड गरेर इराकसँगको मैत्रीपुर्ण खेलका लागि पठाएको थियो । सायद त्यो बेला उचित समन्वय नभएको भए नेपाली टिमलाई इराक जानका लागि ठूलो चुनौती थियो । केहि समयको तनावपनि टिम इराक उडेपछि शेर्पालाई ठूलो राहत भएको थियो । फुटबल टिमका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बनाएको योजनालाई पुरा गर्न जस्तोपनि चुनौती लिन सफल भएका शेर्पा त्यो बेला गरेको मेहेनतबाट उनी आफैलाई पनि कठिन भएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल सफल नभएपनि एशियन कपको तेस्रो चरणमा स्थान बनाउन सफल हुँदा त्यो बेलाको मेहेनतले नतिजा पाएको उनले ठानेका छन । विश्वकप छनोट खेलेर आएपछि नेपाली टिमको मुख्य लक्ष्यका लागि तयारी गर्नु थियो । त्यो थियो, साफ च्याम्पियनसिप । प्रशिक्षणका बेला खेलाडीलाई सुविधासम्पन्न होटेलमा राखेको कर्मा टिमले टिमलाई एक्पोजर दिनका लागि कुनैपनि कसर बाँकी राखेन ।

यस्तैमा साफ च्याम्पियनसिप जान अगाडी घरेलु मैदानमा भारतलाई बोलाएर दुई वटा मैत्रीपुर्ण खेल आयोजना गर्यो। त्यसपछि १५ दिनका लागि नेपाली टिमलाई कतार पठाउने अब्दुल्लाहको योजनामा शेर्पाले सोझै हुन्छ भनेर टिमलाई पठाए । कतारमा ओमानसँग मैत्रीपुर्ण खेल र स्थानीय क्लबसँगको खेलपछि नेपाली टिमले साफ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । जहाँ उसले ऐतिहासिक सफलता हात पार्दै दोस्रो हुन सफल भयो ।

पहिला फुटबल टिमलाई दिएको एक्सपोजर शेर्पाको टिमले पुरुष टिमलाई मात्र होइन, महिला खेलाडीलाई पनि सक्दो एक्सपोजर दिने योजनाका साथ मैत्रीपुर्ण खेल खेलाएको थियो । महिला टिमले एशिएन कप छनोट खेल्न जानु अगाडी बंगलादेशसँग घरेलु मैदानमा दुई खेल खेलेको थियो । महिला टिमलाई घरेलु मैदानमा दुई खेल खेलाउँदा पनि अन्तिममा बंगलादेश राजी हुन गएको थियो ।

जसका कारण एशियन कप छनोट खेल्न जान अगाडि टिमलाई राम्रो एक्पोजर मिलेको थियो । त्यसपछि नेपाल महिला फुटबल टिम एशियन कप छनोटमा गएको थियो । जहाँ नेपाली महिला टिमको प्रदर्शन त्यति सुखद भने हुन सकेन । कोभिडकै कै बिचमा प्रदेश प्रदेशमा फुटबलका लागि बजेट जुटाउन दौडधुप देशमा कोभिडको महामारीले एकपछि अर्को ब्यक्ति संक्रमित भइरहेका थिए । त्यसबाट अध्यक्ष शेर्पापनि अछुतो भने रहेनन् । तर कोभिडकै बिचमा उनले विभिन्न प्रदेशमा गएर फुटबलको विकाशका लागि स्थानीय सरकारसँग बजेट छुट्याउन दौडधुप गरे । उनले पश्चिम देखि पुर्वसम्म यात्रा गरेर प्रदेश सरकारसँग फुटबलका लागि करोडौं रुपैयाँ बजेट निकाल्न सफल भए ।

कोभिडका कारण बाहिर निस्कने वाताबरण नभइरहेका बेला अध्यक्ष शेर्पाले गरेको यो कामका लागि उनी धन्यवादको पात्र नै भन्नुपर्छ । यतिमात्र होइन कोभिडका बेला नै विश्व फुटबल महासंघ फिफाबाट एक करोड १० लाख रुपैयाँ बजेट सहयोग जुटाएर खेलाडी, रेफ्री, सदस्य जिल्ला संघलाई कोभिड सहयोग गरेर वितरण गरेको थियो । आफ्नो कार्यकालमा शेर्पाले फुटबलको विकासमा कुनैपनि कम्प्रमाइज नगरेका शेर्पाले खेलाडीलाई ब्यस्त बनाउनका लागि पनि निकै मेहेनत गरेका छन । उनको योजना अर्को कार्यकालमा यसलाई अझ दोब्बर बनाउने रहेको छ ।