ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण

ललितपुर – ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।

जसमा ४ महिला र १ पुरुष जना रहेका छन् । थप ७ जनामा संक्रमण भएसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै गोदावरी नगरपालिकामा पनि संक्रमित देखिएका हुन् ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो । बुधबार पुष्टि भएका संक्रमितहरुमा ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका वडा नं १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन् ।

सातदोबाटोमा भेटिएकी संक्रमित महिला अल्का हस्पिटलमा कार्यत स्वास्थ्यकर्मी रहेको कार्यालय प्रमुख डा गेलालले जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष र महालक्ष्मी नगरापलिका वडा नं। ८ लुभुका २३ वर्षको महिला मा पनि कोरोना भाइरसको संक्रमण देखीएको हो ।

संक्रमित भएका पाँचैजनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।