२४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पिसीआर विधिबाट २१ हजार ४७८ जनाको परीक्षण गर्दा ८ हजार ४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमित १ लाख ७ हजार ३३६ रहेका छन ।

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ३४९ संक्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ३४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा ६१३५ जना कोरोना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

एकैदिन २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २०३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको मन्त्रालयले जनाएको छ ।