विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै मृत्यु

दैलेख – दैलेखमा विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै विद्यालय व्यवस्थापन समितिका एक सदस्यको मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–३ स्थित जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य औंसे कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शिक्षकहरुको तलब, विद्यालयको शैक्षिक प्रशासनलगायत विषयमा छलफल भइरहेको वेला उनी एक्कासि ढलेका थिए ।

उनी बोल्दै गर्दा अकस्मात् ढलेपछि उनलाई अस्पताल पुर्याउँदा अस्पतलले उनलाई मृत घोषित गरेको हो ।