ला लिगा : स्वारेजको गोलसँगै बार्सिलोनाको जित, एस्पान्योल रेलिगेसनमा

एजेन्सी – ला लिगा फुटबलमा बार्सिलोनाले एस्पान्योलमाथि एक शुन्य गोल अन्तरको जित हासिल गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को कठीन जित निकाल्यो ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याएको छ । बार्सिलोनाको जीतमा लुइस स्वारेजले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।

बार्सिलोनासँगको हारसँगै एस्पान्योल रेलिगेसनमा परेको छ ।