२४ घण्टामा ५० जनाको कोरोनाका कारण मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।