काठमाडौँमा थपिए २५४० संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा २५४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।