काठमाडौँमा २४ घण्टामा १५३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ गरी १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ।

अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।