थप २२४० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप दुई हजार ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४० संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १३३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

थप ११ जनाको मृत्यु

यसैबीच, नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको पछिल्लो २४ घण्टामा देशभर १९ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।