काठमाडौँ उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ७६७ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ३ महिला र एक पुरुषको मृत्यु भएको हो भने ललितपुर र भक्तपुरमा एक एक जना महिलाको मृत्यु भएको छ ।