महावीर पुनसँग शैक्षिक साक्षात्कार हुने

काठमाडौँ – एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता डा. महावीर पुनसँग शैक्षिक विषयबारे साक्षात्कार हुने भएको छ । ‘आजको शिक्षा प्रणाली र युवाको भविष्य’ बारे डा. पुनले आफ्ना धारणा राख्नुहुनेभएको हो ।

डा. पुनसँगै उत्प्रेरक वक्ता तथा शैक्षिक अभियन्ताहरु सुनिल देवकोटा, क्षेत्रप्रताप ज्ञवाली र लेखनाथ पौडेलले पनि उत्प्रेरणासहितका जानकारी तथा धारणा राख्नुहुनेछ । कार्यक्रम संयोजन गरिरहनुभएका सुनसरीस्थित कञ्जनजंघ स्कुलका संस्थापक तथा प्रबन्ध निर्देशक हरि आचार्यका अनुसार यस कार्यक्रम देशभरका विद्यालयका प्रिन्सिपल, शिक्षक, कोअर्डिनेटर, अभिभावक तथा विद्यार्थीहरुका लागि अति उपयोगी हुनेछ ।

उहाँले भन्नुभयो– ‘ हामी सक्दैनौँ, हामी कमजोर छौँ, म सङ्ग पैसा छैन, यो गर्दा घाटा होला, म सफल वन्नै सक्दिन जस्ता कुराहरुले हामीलाई अगाडि बढ्न दिइरहेको हुँदैन तर हामी अरु विभिन्न कुराहरुलाई दोष दिइरहेको हुन्छौ। खाशमा महाबिर पुन कस्तो हुनुहुन्थ्यो ? कसरी यहाँ सम्म पुग्नुभयो ? हामी स्कुल आफूले सोचेको जस्तो बनाउन के गर्नुपर्छ ? एउटा सामान्य टिचर भोलि गयेर कुसल सफल ट्रेनर स्कुल संचालक तथा अन्य क्षेत्रमा सफल बन्न सक्छ यी र यस्ता विषयमा वक्ताहरुले धारणा राख्नुहुनेछ । यसले यो कार्यक्रम सबैका लागि उपयोगी हुने विश्वास लिएका छौँ ।’

कार्यक्रममा ५०० जना मात्र रहन सक्ने उहाँले बताउनुभयो ।  कार्यक्रम आज दिउँसो २ बजेदेखि ४ बजेसम्म दुई घण्टाको हुनेछ । कार्यक्रममा सहभागिताका लागि जुम आइडी, पासवर्ड र समय यस्तो छ ।

कार्यक्रमको अफिसियल मिडिया पार्टनरको रुपमा शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण समाचार सम्प्रेषण गर्दै आइरहेको खुल्लापाटी डट कम छ । उक्त कार्यक्रमको खुल्लापाटी डट कम बाट पनि लाइभ हुने भएकाले कार्यक्रम लाइभ हेर्न खुल्लापाटी डट कमको यो पेज लाइक गर्नुहोला ।

https://www.facebook.com/khullapati2020/

साथै युट्युबबाट पनि प्रत्यक्ष प्रसारण हुने भएकाले युट्युब सब्स्क्राइब गर्नुहुन अनुरोध छ ।

https://www.youtube.com/channel/UC05oGM8Ly05hJaVD05AtJ7Q

लिंक खुलेपछि रातो बटनमा सब्स्क्राइबमा क्लिक गर्नुहोला ।