संघीय सरकारले जे गरोस् हामी भदौ १ गतेदेखि विद्यालय चलाउँछौँ : मेयर उद्दव प्रसाद खरेल (भिडियोसहित)

काठमाडौँ – बुढानिलकण्ठ नगरपालिकाले भदौ १ गतेदेखि प्रत्यक्ष रुपमा कक्षा सञ्चालन गर्ने भएको छ । यससम्बन्धी निर्देशिकासहितको सर्कुलर नगरपालिकाले तत्काल जारी गर्ने भएको छ । खुल्लापाटी डट कमको खुल्ला बहसमा भाग लिँदै मेयर खरेलले सामाजिक दुरी कायम गरी स्वास्थ्य निर्देशिका अनुसार विद्यालयलाई कक्षा सञ्चालन अनुमति दिएको जानकारी दिए ।

‘विद्यालयहरुले यही महिनाको अन्त्यसम्म भर्ना गरी प्रत्यक्ष कक्षा सञ्चालन गर्न गराउन पाउनेछन् । हामी सर्कुलर जारी गर्दैछौँ ।’ मेयर खरेलले जानकारी दिए । उनका अनुसार वैशाख महिनाको पूरै छुट, जेठ र असारको न्युनतम शुल्क विद्यालयले लिन पाउनेछन् ।

विद्यालयमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ भने विद्यार्थीको यकिन गरी नगरपालिकालाई जानकारी गराउनुपर्नेछ । साथै विद्यालयका बस भने तत्काल खुल्ने छैनन् । यसबारेको विस्तृत कुराकानी तलको लिंकमा हेर्नुहोस् :

https://www.facebook.com/watch/?v=331955844504154