एशियाकै बढी संक्रमित भारतमा बुधबार ४९ हजार बढीमा कोरोना संक्रमण

काठमाडौँ – विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी कोरोना भाइरस संक्रमणका विरामी देखिएको भारतमा बुधबार ४९ हजार ६३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो मंगलबारको तुलनामा ३ हजार बढी हो । भारतमा सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो । मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ८८ हजार ७७० संक्रमणमुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जनाको उपचार भइरहेको छ ।