रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती रियल मड्रिडले एस्पान्योलमाथि १–० को जीत दर्ता गरेको छ ।

क्यासेमिरोको गोल नै निर्णायक सावित बन्यो । जीतसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ ।

रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ ।