कोरोना संक्रमणबाट विश्वभर ८३ लाख ९३ हजार नागरिक प्रभावित

एजेन्सी – गतवर्ष डिसेम्बरदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८३ लाख ९३ हजार बढी प्रभावित भएका छन् । भाइरसका कारण विश्वभर ४ लाख ५० हजार ४५२ जनाको मृत्यु भएको छ ।

आज बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१५ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४५२ जना पुगेको छ ।

संक्रमित ३५ लाख ३३ हजार ४३८ जनाको उपचार भइरहेको छ भने ४४ लाख ९ हजार २०६ जना उपचारपछि
निको भएका छन् ।