कोरोनाबाट थप १७ जनाको मृत्यु

 काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।