प्याब्सन टेलिभिजन शिक्षण : यस्तो छ प्रि-प्राइमरीको लेसन प्लान

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले कक्षा नर्सरीदेखि एक सम्म के केसरी पढाउला ? सबैको जिज्ञासाको विषय बनेको छ । प्याब्सनद्धारा गठित दुरशिक्षा कार्यक्रम समितिका सदस्य एवं प्याब्सनकै केन्द्रीय उपमहासचिव आरबी कटवाल भन्छन् –‘ठूला कक्षाका बालबालिका टिभी हेर्न, अनलाइनबाट पढ्न आफैँ सक्षम भएपनि साना बालबालिकालाई कार्यक्रम आउने समय, सिकाइ लगायतबारे पूरापूर जानकारी हुन्न । निश्चित समय, साना बालबालिकालाई अभिभावकले टिभीसेट अघि राखिदिनुपर्ने लगायतका कारण साना बालबालिकाको शिक्षण भिन्न हुनेछ ।’

उनले अभिभावकलाई जिम्मेवार भएर टेलिभिजन सेट अघि बालबालिका राख्न र समय मिलेमा आफू पनि बस्न अभिभावकलाई आग्रह गरे । त्यसो त क्रियटिभ स्मार्ट पाठशालाले साना बालबालिकाको रुटिन सार्वजनिक गरेको छ । साथै पढाइने विषय पनि सार्वजनिक गरेको छ । नर्सरी देखि कक्षा १ सम्म यो हो टेलिभिजनबाट शिक्षण गर्ने निधो प्याब्सनले गरिसकेको छ ।

हेर्नुहोस् रुटिन र पढाइने विषयवस्तुः

योहो टेलिभिजनमा कक्षा नर्सरीको ९ः१५ देखि १०ः०० बजेसम्म , कक्षा एलकेजीको १ बजेर १५ मिनेटदेखि २ बजेसम्म,
कक्षा युकेजीको २ बजेर १५ मिनेटदेखि ३ बजेसम्म र वानको ३ बजेर १५ मिनेटदेखि ४ बजेसम्म पढाइ हुनेछ ।

प्याब्सनका अनुसार तीन दिनको लेसन प्लान हो । खुल्लापाटी डट कमले प्याब्सनका सबै शिक्षण, लेसन प्लान, रुटिन लगायतबारे नियमित प्रसारण गर्ने भएकाले हाम्रो फेसबुक पेज लाइक गरी यहाँहरुले नियमित अपडेट पाउन सक्नुहुनेछ । साथै खुल्लापाटी डट कम पनि हेर्न सक्नुहुनेछ ।