बुण्डेसलिगामा बोरुसियाको कठीन जित

एजेन्सी – जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले कठिन जित हात पारेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १–० गोलको झिनो अन्तरले पराजित ग-यो ।

घरेलु मैदानमा डर्टमण्डलाई जीत दिलाउन इम्री क्यानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यानले निर्णायक गोल गरेका थिए ।