ललितपुर महानगरपालिकाद्धारा एन्फा होस्टेल निरीक्षण

ललितपुर – ललितपुर महानगरपालिकाले अखिल नेपाल फुटबल सङ्घ एन्फा० को होस्टेलको निरीक्षण गरेको छ ।
कोरोना भाइरस ९कोभिड १९० को महामारीका कारण क्वरेण्टीनस्थल बनाउने सम्भावित ठाउँहरुको अनुगमन गर्ने क्रममा महानगरपालिकाले सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा रहेको होस्टेल निरीक्षण गरेको हो ।

एन्फा होस्टेलका १४ ओटा कोठा छन् । ती कोठा क्वारेन्टिन स्थलका रुपमा प्रयोग गर्न मिल्ने भएकाले एन्फा यसका लागि सहयोग गर्न तयार रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

यद्यपि प्रयोग गर्ने वा नगर्ने भन्नेबारेको निर्णय भने महानगरपालिकाले गर्नेछ ।