थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार २३५ पुगेको जानकारी दिएका हुन् ।

शनिबार नयाँ थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।