एकैदिन तीन जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ । आज एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन्। संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज २ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन् भने अन्यको अवस्थापनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।