खुल्लापाटीको खुल्ला बहस : शुक्रबारको श्रृङखला तय

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला बहस अन्तर्गत शुक्रबारको श्रृङखलामा अनेरास्ववियु सह–अध्यक्ष रञ्जित तामाङ, एन प्याब्सन महासचिव सुवास न्यौपाने र सामुदायिक विद्यालय सुधारका लागि अभियान चलाइरहनुभएका शैक्षिक अभियान्ता अभिषेक घिमिरेबीच छलफल हुने भएको छ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका सबै शैक्षिक क्षेत्र र खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । ४५ मिनेट चल्ने बहसमा शुक्रबार शैक्षिक एजेण्डा अन्तर्गत उल्लेखित वक्ता तय भएका हुन् । श्रृङखला दिउँसो एक बजेबाट खुल्लापाटीको पेजमार्फत लाइभ हुनेछ । श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नेछन् । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस्

https://www.facebook.com/Khullapati-1529576157367337/