तिङ्लालीको माग सम्बोधन गर्न प्राधिकरण तयार, एक महिनाभित्र प्रत्यक घरमा बत्ती बल्ने

सोलुखुम्बु, माघ ६
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यलय विराटनगरले तिङलालीको मागलाई सम्बोधन गर्ने आश्वासन सीहत पत्राचार गरेको छ । प्रमुख श्रीराम राज पाण्डेद्धारा हस्ताक्षरित पत्रमा तिङलालीको माग जाहेज भएको भन्दै कम्तीमा एक महिना भित्र ग्रामिण विद्युतीकरण गर्ने उल्लेख गरिएको छ । 

पत्रमा लेखिएको छ, ‘नेपाल सरकारको बजेट र कार्यक्रम अनुसार नेपाल विद्युत प्राधिकरणबाट विद्युतीकरणको काम भईरहेको र चालु आर्थिक बर्षमा ३३ केभी प्रसारण लाईन सोलुखुम्बु पु¥याई विद्युतीकरणको काम भईरहेको छ । उपभोक्ताको मागलाई ध्यानमा राख्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा कम्तीमा एक महिनामा विद्युतीकरण सम्पन्न गरि विद्युत सेवा उपलब्ध गराउने छौ ।’ पत्रमा विद्युतीकरणका लागि आवश्यक सहयोग गर्न समेत आग्रह गरिएको छ ।
प्राधिकरणको पत्र पाएपछि तिङलालीले साझा धारणा निर्माण र आगामी बाटो तय गर्नका लागि सोमबार विहान वैठक डाकेका छन् ।