कार्कीको सेवा, बिधार्थीलाई झोला

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउपालिकाका बि. पि. सस्कृत मा. बि. , जलेश्वरी आधारभुत बिधालय र श्री राम लक्ष्मण आधारभुत बिधालय ,गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुलाइ १७६ थान झोला बितरण गरिएको छ ।

लाइन्स क्लब अफ काठमाडौ क्यापिटलको सहकार्य र नेपाली काँग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीको अगुवाइमा उक्त झोलाहरु बितरण गरिएको हो ।

कार्यक्रममा बिधार्थिहरुलाई झोला बितरण गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबम पूर्व मन्त्री बलबहादुर केसिले सोलुखुम्बुका बिधालयहरुलाई लाइन्स क्लबले पुर्याइरहेको सहयोग महत्वपुर्ण रहेको बताए ।केसिले समग्र शिक्षाको बिकाशका लागी बर्तमान सरकार र स्थानियतहहरुले जिम्मेवारिका साथ काम गर्न नसकेको समेत बताए ।

नेता केसिले आगामी दिनमा पनि निरन्तर सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरे ।

तेस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एबम समाजसेवी , ब्यबसायी प्रकाश सिंह कार्कीले बिधार्थीहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

लाइन्स क्लब अफ काठमाडौ क्यापिटलका पूर्व अध्यक्ष समेत रहेका कार्किले सरकारी सामुदायिक बिधालयहरुको शिक्षाको अवस्था सुधार गर्न जरुरी रहेकोमा जोड दिदै आम जनताका छोराछोरीहरु पढ्ने बिधालयहरुको शिक्षाको अवस्थालाई गुणस्तरिय र प्रतिस्पर्धी बनाउन सके मात्रै सबैलाई आर्थीक , सामाजिक मुलधारमा ल्याउन सकिने धारणा राखे ।

नेता कार्किले आगामी दिनमा समेत सोलुखुम्बु जिल्लाको शिक्षिक क्षेत्रमा सहयोग पुर्याइराख्ने समेत प्रतिबद्दता ब्यक्त गरे ।

तेस्तै गत बर्श आयोजना गरिएको निबन्ध प्रतियोगितामा सहभागी भएर प्रथम ,द्वितीय र तृतीय स्थान प्राप्त गर्ने बिधार्थिहरुलाइ क्लबको तर्फबाट क्रमश नगद ५०००,३००० र २००० पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौ क्यापिटलका संस्थापक अध्यक्ष हरिशङ्कर निरौला, क्लबका पूर्व अध्यक्ष प्रा. डा. शान्ता निरौला एबम क्लबका बर्तमान कोषाध्यक्ष देब शर्मा पौडेल तथा स्थानिय शिक्षक अभिभाबक र बिधार्थिहरुको उपस्थिती रहेको थियो । झोला पाएपछी बिधार्थीहरु खुशी देखिएका थिए भने लाइन्स क्लब अफ काठमाडौ क्यापिटलले पटक पटक बिधालयहरुमै पुगेर पुर्याएको बिभिन्न किसिमको सहयोगले जिल्लाको शिक्षाको बिकाशमा टेवा पुर्याइरहेको उक्त अबसरमा उपस्थित शिक्षक तथा अभिभाबकहरुले बताएका थिए ।

लाइन्स क्लब अफ काठमाडौ क्यापिटलले यस अघी देखीनै सोलुखुम्बु लगायत अन्य जिल्लाहरुका सरकारी सामुदायिक बिधालय र बिधार्थिहरुलाई पुर्याउदै आएको सहयोगको निरन्तरता स्वरुप बिधार्थिहरुलाई झोला बितरण गरिएको हो ।क्लबले अघिल्लो बर्ष बिधालयहरुको शिक्षण प्रणालीलाइ अहिलेको प्रबिधीसग जोड्न बिभिन्न बिधालयहरुलाई ल्याप्टप बितरण गरेको थियो भने क्लबले जेहेन्दार बिधार्थिहरुको पढाइलाई सहयोग पुर्याउन बिधालयहरुसगको सहकार्यमा छत्रबृत्ती अक्षयकोष समेत स्थापना गरीरहेको छ ।