सोलुखुम्बुमा नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा सार्बजनिक कार्यक्रममा हमला, नगरपालिकाका मेयरले नै दिए निर्देशन ???

अनुज खड्का
माघ ४, सोलुखुम्बु
/

सोलुखुम्बुमा आयोजित राष्ट्रिय प्रसारण लाईनको बिधुत उद्घाटन कर्यक्रममा झडप भएको छ । झडपमा दर्जन भन्दा बढी मोटरसाईकल जलाईएका छन भने कयौ मानिसहरु घाईते भएका छन । ग्रामिण बिधुतिकरणमा भन्दा पनि उद्घाटनमा मात्र ध्यान दिएको भन्दै आक्रोशित स्थानियले झडप सिर्जना गरेका हुन । उनिहरुले उद्घाटनपुर्ब प्रत्यकको घरमा बिजुली पुग्नुपर्ने माग राखेर कार्यक्रम बहिस्कार गरेका थिए । जसमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले आगोमा घिउ थप्ने काम गर्दै आएका थिए । उनले आफ्नो सामाजिक संजाल मार्फत पटक-पटक आन्दोलन गर्ने र कार्यक्रम भाड्ने चेतावनी दिदै आएका थिए । जस अनुसार नेपाली काङ्ग्रेसका केही कार्यकर्तालाई परिचालन गरेर मेयरले नै कार्यक्रममा झडप सिर्जना गरेको जनाईएको छ । पछिल्लो समय ने.क.पा का नेता सहभागी कुनैपनी कार्यक्रममा आफ्नो उपस्थिती जनाउन ईन्कार गर्दै आएका मेयरले नै कार्यकर्ता परिचालन गरेर उक्त कार्यक्रम बिथोल्न खोजेको आयोजकको दाबी रहेको छ । कार्यक्रममा आक्रमण गर्नेहरुमा नेपाली काङ्ग्रेसका कार्यकर्ता बालकुमार कार्की(जो उपनिर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षको तयारी गरिरहेका थिए तर उपनिर्वाचन भएन) को नेतृत्व रहेको बताईएको छ । आक्रमणकारीले कार्यक्रमस्थलमा गएर ढुङ्गामुढा गर्दै रोकेर राखिएको मोटरसाईकल र बुलेरो जिपमा आगो लगाएका थिए । आगो लागेका मोटरसाईकलहरुमा प्रबेश राई, दिपक किराँती, युजन बस्नेत र दिलिप राईको मोटरसाईकल पुर्णरुपमा जलेको बताईएको छ । त्यसका अलाबा बुलेरो गाडीपनी पुर्ण क्षति भएको छ । जस बापत कुल ३ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

कार्यक्रमस्थलमा खटिएको प्रहरी टोलीले घटना घट्नसक्ने पुर्बानुमान गरेर पनि सुरक्षा ब्यबस्थालाई कडा नपारे गुनासो सुनिएको छ । जिल्लास्थित प्रहरी प्रमुख नारायण प्रसाद चिमोरिया भने घटनाका बारेमा जानकारी दिनबाट पन्छिरहेका छन । उनी घटनास्थलमा नै रहेपनी कुनैपनि संचार माध्यमको फोन नउठाउने र उठाएपनी जवाफ दिन नसक्ने अवस्थामा रहेका छन । हामीले घटनाको आधिकारिक जानकारीका निम्ति फोन गर्दा उनले कुनै जवाफ बिना नै फोन काटिदिएका हुन ।

झडपमा परेर केही ब्यक्ती घाईते भएको पनि जानकारी आएको छ । आक्रमणकारीले हानेको ढुङ्गा लागेर केहि नेकपा समर्थित युवाहरु घाईते भएका हुन । जिल्लामा हुने बिकासमा अबरोध गर्न सोलुदुधकुण्ड नगरपालिका नै उद्दत देखिएको धेरैको आरोप रहेको छ । तर मेयर शेर्पा भने यसमा आफ्नो कुनैपनी हात नरहेको बताईरहेका छन । जनतामा भ्रम छरेर झडप निम्त्याउन सफल हुनुभयो हैन ? भन्ने हाम्रो प्रश्नमा मेयर शेर्पाले झडपमा आफ्नो हात नभएकाले यो आरोप सरासर गलत भएको बताएका छन । सामाजिक संजाल मार्फत ब्यक्त गरेका अभिब्यक्तिहरु आफ्नो ब्यक्तिगत धारणा मात्र भएकाले सो को आधारमा आजको घटनामा आफ्नो हात रहेको भन्नू उचित नहुने उनले बताएका छन ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाबाट यथासिघ्र ग्रामिण विद्युतीकरण गर्नुपर्ने माग राखेर बन्दको घोषणा गरेका तिङलाली र विद्युत उद्घाटनका लागि सदरमुकामबाट टोली बिच झडप भएको हो ।

आन्दोलनकारीले उद्घाटन गर्न गएको टोलीको दर्जन भन्दा बढि मोटरसाईकल र लाममाने सवस्टेशनमा राखिएको डबल क्याप बोलेरोमा समेत आगजनि गरेका हुन । तोडफोड आगजनि भएपछि प्रहरीले नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको थियो । झडपका क्रमममा आन्दोलन कारीले ढुङगामुढा प्रहार गरेको छन् जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

झडप भईसकेपछी भने अहिले जनपथ र शशस्त्र प्रहरी सहतिको सुरक्षाकर्मीको टोलीे घट्नास्थलमा खटिएको छ । शनिबार जिल्लाको पर्यटकीय क्षेत्र पत्तालेमा प्रतिनिधि सभा सदस्य हेम कुमार राईले विद्युतको समुद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

सो भेलालाई सम्बधोन गर्न गएको टोली सोलुका संघिय सांसद हेमकुमार राई, प्रदेस सभा सदस्यद्धय बुद्धिकुमार राज भण्डारी र उत्तम बस्नेत थुलुङदुधकोसी गाउँपालिका अध्यक्ष असिम राईले सम्बोधन गर्न नपाउदै तिङलालीको आन्दोलनले उग्र रुप लिएको हो । जसले कार्यक्रममा झडपको स्थिती सिर्जना भयो र अन्तत कार्यक्रम नै स्थगित भएको छ ।