काठमाडौँ उपत्यकामा थपिए ४ हजार १०६ जना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण देखिएको हो ।
देशभरका विभिन्न प्रयोगशालाहरुमा पिसिआर र आरटी विधिबाट गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।