२४ घण्टामा करिब ३ हजार संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा करिब ३ हजार जना कोरोना संक्रमणमुक्त भएका छन । थप २ हजार ९०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् ।

देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमणपछि उपचाररत उनीहरुमा संक्रमण निको भएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।