कोरोना भाइरसबाट एकैदिन थपिए २ लाख ६० हजार संक्रमित

काठमाडौँ – कोरोना भाइरसको महामारी सुरु भएयता पहिलो पटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ।

करिब दुई लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। त्यसमा सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन्।

संसारभरि कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या छ लाख नाघेको छ। त्यसको एक चौथाइ अमेरिकाका छन्। एकै दिनमा संसारभरि कोरोना भाइरसबाट ज्यान गुमाउनेहरूको सङ्ख्या ७,३६० पुगेको छ जुन मे १० तारिख यता भएको सबभन्दा धेरै दैनिक वृद्धि हो।