थप ३६३७ जनामा संक्रमण, थप २१ जनाको मृत्यु

काठमाडौँ -नेपालमा आज थप ३ हजार ६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार ६३७ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एक लाख २ हजार ८२० पुगेको छ । पछिल्लो २४ घन्टामा ३२१५ जना डिस्चार्ज भएका छन् ।

थप २१ जनाको मृत्यु
यसैबीच, नेपालमा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।

काठमाडौँमा थपिए १५५२ संक्रमित

यता, काठमाडौँ उपत्यकामा १५५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १२८३ , भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना नयाँ संक्रमित थपिएका हुन् ।