काठमाडौँ उपत्यकामा थपिए ५१२ जना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५१२ जनामा संक्रमण देखिएको जानकारी दिए ।

डा. गौतमका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।