राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टनमा नेक्सस विजयी

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी स्थान हासिल गरेको छ । कास्की जिल्ला ब्याडमिन्टन संघले कास्कीको ब्याडमिन्टन हलमा आयोजना गरेको प्रतियोगितामा नेक्ससकी स्वर्लिन श्रेष्ठले प्रथम स्थान हासिल गरेकी हुन् ।

बिबिए क्लबकी निकासा मगरलाई फाइनलमा पराजित गर्दै उनले प्रथम स्थान हासिल गरेकी हुन । नेक्ससले यसअघि पनि विभिन्न प्रतियेगितामा जित हासिल गर्दै आएको छ । नेक्ससका संस्थापक प्राचार्य आरबी कटुवालले विद्यार्थीहरुको होलिस्टिक डेभलपमेन्टका लागि विद्यालयले अध्यापनका अतिरिक्त विभिन्न क्रियाकलापमार्फत जोड दिँदै आएको जानकारी दिनुभयो ।