भारतमा २४ घण्टामा ६२ हजार बढीमा कोरोना संक्रमण

काठमाडौँ – एशियामा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ ।