सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च हुन पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा १ हजार ६ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँ पुगेको छ ।

त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रूपैयाँ बढ्दै प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।